काठमाडौं । एनएमबी बैंकको कोष प्रवर्द्धन तथा एनएमबी क्यापिटलको योजना व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट इकाईधनीलाई प्रतिफल वितरण गर्ने भएका छन् ।
एनएमबी क्यापिटलको सञ्चालक समितिको साउन २९ गते बसेको १९२औँ बैठकले एनएमबी फिफ्टी, एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२ र एनएमबी हाइब्रिड फण्ड एल–२ का इकाईधनीलाई क्रमशः ३.१५ प्रतिशत, १० प्रतिशत र ४.५ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो ।
कम्पनीका अनुसार घोषित प्रतिफलमा करसमेत समावेश छ ।
प्रतिफल वितरणका लागि तीनवटै योजनाको बुक क्लोज भदौ ८ गते सोमबार गरिने भएको छ । त्यसअनुसार भदौ ७ गतेसम्म कायम रहेका इकाईधनीले घोषित प्रतिफल प्राप्त गर्नेछन् ।
एनएमबी क्यापिटलले साउन २९ गते बसेको सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट प्रतिफल वितरण गर्ने निर्णय गरिएको जनाएको छ ।


































