National life
cg eloctronics

गगन थापाद्वारा एनपीएलको तेस्रो संस्करणका लागि शुभकामना व्यक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०९ कात्तिक २०८३, सोमबार
406Shares
गगन थापाद्वारा एनपीएलको तेस्रो संस्करणका लागि शुभकामना व्यक्त
ncell

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीहरूलाई शुभकामना दिएका छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै थापाले नेपाली क्रिकेटले हासिल गरेको वर्तमान उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको बताएका छन्।

सीमित स्रोतसाधन र अनेक कठिनाइका बाबजुद नेपाली क्रिकेटलाई यहाँसम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूको भूमिकाको स्मरण गर्दै उनले नेपाली क्रिकेटले आगामी दिनमा अझ ठूलो उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको विकासमा थप योगदान पुर्‍याउने अपेक्षासहित उनले प्रतियोगितामा सहभागी सबैलाई सफलताको शुभकामना दिएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
406SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?