काठमाडौं । प्रभु बैंककी मुख्य बिजनेस अफिसर रश्मी पन्त बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेकी छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको भनिएको अनियमितताको आरोपमा पन्तलाई नियन्त्रणमा लिएको हो । सीआईबीका प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार अनुसन्धान अघि बढाउन आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
उक्त अनुसन्धान रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रदान गरिएको कर्जासँग सम्बन्धित रहेको जनाइएको छ ।
कर्जा स्वीकृति र वितरण प्रक्रियामा अनियमितता भएको आशंकामा सीआईबीले छानबिन अगाडि बढाएको हो ।
यसै प्रकरणमा एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै अनुसन्धानका लागि सीआईबीको हिरासतमा रहेका छन् ।


































