National life
cg eloctronics

सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

हटाइएका परिवारलाई सरकारले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको हो

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
827Shares
सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी
ncell

काठमाडौं । विभिन्न होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई सरकारले दिएको रकम बुझेर सेन्टर खाली गर्न आग्रह गरेपछि, सरकारले अव्यवस्थित ढंगमै छोडे सुकुम्बासीले पुरानै ठाउँमा गएर छाप्रो हालेर बस्ने चेतावनी दिएका छन्।

विभिन्न नदी किनारका सुकुम्बासी बस्तीबाट हटाइएका परिवारलाई सरकारले असार १५ गतेभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।

अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले वैशाख १२, १३, १८, १९ र २० गते जोखिमयुक्त नदी किनारका बस्ती हटाउने क्रममा दशरथ रङ्गशालामा प्रारम्भिक दर्ता गराई हाल विभिन्न स्थानमा बसोबास गरिरहेका परिवारलाई ‘भूमिहीन तथा अव्यवस्थित बसोबासी लगत प्रणाली’मा डिजिटल लगत सङ्कलनका लागि उपस्थित हुन आग्रह गरेको छ।

समितिले सम्बन्धित परिवारले मोबाइलमा प्राप्त हुने एसएमएसका आधारमा आवश्यक पारिवारिक विवरण र कागजातसहित असार १५ गतेभित्र दशरथ रङ्गशालामा उपस्थित भई डिजिटल दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस्तै, होल्डिङ सेन्टर बाहिर स्वव्यवस्थापन गरी बसोबास गरिरहेका परिवारलाई नेपाल सरकारको निर्णयअनुसार पुनःव्यवस्थापन खर्चबापतको घरभाडा रकम वितरण गरिने समितिले जनाएको छ। उक्त रकम प्राप्त गर्न सम्बन्धित परिवारले आफ्नो नाममा रहेको बैंक खाताको विवरणसहित तोकिएको ढाँचाको निवेदन भरेर असार १५ गतेभित्र दशरथ रङ्गशालामा पेस गर्नुपर्नेछ।

समितिले यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न दिएको समयसीमा घरभाडा रकम प्राप्त गर्ने अवधि छोटो भएको गुनासोलाई ध्यानमा राख्दै असार १९ गतेसम्म थप गरेको जनाएको छ।

यो समाचार शेयर गर्नुहोस्
827SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?