काठमाडाैं । विभिन्न अवसरमा आफ्ना नजिकका व्यक्तिलाई अन्य भौतिक सामग्रीभन्दा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गइरहेको छ।
यसै सन्दर्भमा भरतपुर–११ चितवन निवासी बुद्धिमाया दोंग तामाङले आफ्नो नातिलाई जीवन बीमा पोलिसी उपहार दिएकी छिन्। तामाङले आफ्नो नाति तेन्जेन लामाको जन्मदिनमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार दिएकी हुन्।
बुद्धिमायाले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स हाकिमचोक शाखाबाट ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ खरिद गरी नातिलाई उपहार दिएकी हुन्।
बीमा पोलिसी हस्तान्तरण कार्यक्रममा हाकिम चोक शाखाका मार्केटिङ प्रमुख सुरेन्द्र गिरीले जीवन बीमाको आवश्यकता र महत्वबारे प्रकाश पारेका थिए। ‘भविष्यमा हुन सक्ने जोखिम बहन हुने भएकोले जीवन बीमा गर्नु अति आवश्यक छ’, उनले भने, ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस योजना खरिद गर्दा बच्चाको भविष्य सुनिश्चित हुनुका साथै रिक्ससमेत कभर गर्दछ, यसकारण उहाँले आफ्नो नातिलाई सो पोलिसी उपहार दिनुभएको हो।’
कार्यक्रममा करोडपति एजेन्सी म्यानेजर विष्णुकुमारी कुँवरको समेत उपस्थिति थियो।




































