National life
cg eloctronics

एलआईसी नेपाल बन्यो उत्कृष्ट कर तिर्ने कम्पनी, सिईओ प्रणय कुमार सम्मानित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|०१ मंसिर २०८३, मङ्गलबार
1.7kShares
एलआईसी नेपाल बन्यो उत्कृष्ट कर तिर्ने कम्पनी, सिईओ प्रणय कुमार सम्मानित
muktinatha bikash bank

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लि.लाई उत्कृष्ट करदाताको रुपमा आज नेपाल सरकारले विशेष कार्यक्रमका बीच सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८३ को अवसर पारेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एलआईसी नेपालका सिईओ प्रणय कुमारलाई सम्मान गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3

भारतीय जीवन बीमा कम्पनी एलआईसी इण्डियाको मुख्य शेयर लगानी रहेको एलआईसी नेपालले आव २०८१।०८२ मा अन्य प्रतिस्पर्धी जीवन बीमा कम्पनीहरुलाई पछाडि पार्दै उत्कृष्ट करदाता कम्पनी घोषित भएको हो ।

सरकारले आयोजना गरेको राष्ट्रिय कर दिवसको अवसरमा जीवन बीमा कम्पनीहरुको तर्फबाट एलआईसी नेपालले सबैभन्दा धेरै कर तिरेर उत्कृष्ट बन्न पुगेको छ । नेपालमा दोस्रो ठूलो जीवन बीमा कम्पनीले अन्य जीवन बीमा कम्पनीहरु भन्दा धेरै कर तिरेर उत्कृष्ट बन्न पुगेको हो । उत्कृष्ट करदाताको रुपमा सम्मानित भएपछि सिईओ प्रणय कुमारले सरकारले करदाताको हौसला बढाएर सह्रानीय कार्य गरेको र आफूलाई पनि हौसला बढेको बताए । सिईओ कुमार गोर्खाली टोपी लगाएर सम्मान ग्रहण गर्न पुगेका थिए ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?