काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले गत आर्थिक वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने टप १० अभिकर्ताहरू सार्वजनिक गरेको छ।
देशभरका हजारौं अभिकर्तामध्ये काठमाडौंका पूर्णबहादुर खड्का सर्वोत्कृष्ट अभिकर्ता बन्न सफल भएका छन्। उनले व्यक्तिगत कोडबाट १० करोड रुपैयाँको बीमा व्यवसाय गर्दै अघिल्लो वर्षको तुलनामा १२ प्रतिशत वृद्धि हासिल गरेका छन्।
दोस्रो स्थानमा हेटौडाका रामकुमार अधिकारी रहेका छन्, जसले ४ करोड ५० लाख रुपैयाँको बीमा व्यवसाय गरेका छन्।
तेस्रो स्थानमा नवलपरासीकी प्रभा ज्ञवाली परेकी छन्, जसले ३ करोड ५७ लाख रुपैयाँको बीमा व्यवसाय गर्दै ५ प्रतिशत वृद्धि हासिल गरेकी छन्।
त्यस्तै, जयप्रकाश सिंह, देवबहादुर महरा, विष्णुबहादुर बुढाथोकी, पूजा यादव, ओमप्रकाश मण्डल, सुमित्रा रोम्मी पोखरेल र स्नोहा लकेथिया पनि टप १० मा पर्न सफल भएका छन्। यी अभिकर्ताहरूले करोडौं रुपैयाँको बीमा व्यवसाय गर्दै कम्पनीको विस्तारमा महत्वपूर्ण योगदान दिएका छन्।


































