National life

एलआईसी नेपालकी अभिकर्ता प्रभा ज्ञवालीको ऐतिहासिक रेकर्ड, ४० दिनमै एमडीआरटी बन्न सफल

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२८ माघ २०८२, बुधबार
2.5kShares
एलआईसी नेपालकी अभिकर्ता प्रभा ज्ञवालीको ऐतिहासिक रेकर्ड, ४० दिनमै एमडीआरटी बन्न सफल
ncell

काठमाडौँ। एलआईसी नेपालकी अभिकर्ता प्रभा ज्ञवालीले जम्मा ४० दिनमै एमडीआरटी उपाधि हासिल गरेर ऐतिहासिक रेकर्ड कायम गरेकी छिन्। यो सँगै उनी १९ औँ पटक एमडीआरटी उपाधि हासिल गर्न सफल भएकी हुन्।

पटक–पटक टीओटी र एमडीआरटी बन्न सफल नवलपरासीको रामग्राम नगरपालिका–३ की प्रभा ज्ञवाली सन् २००३ देखि बीमा क्षेत्रमा सक्रिय अभिकर्ताको रूपमा विभिन्न रेकर्ड राख्दै आइरहेकी छिन्।

लामो समयदेखि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएकी उनी यसअघि पनि पटक–पटक टीओटी र एमडीआरटी बन्न सफल भइसकेकी छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनको नाम बीमा क्षेत्रमा उच्च व्यवसायिक सफलता र सेवाग्राहीप्रतिको प्रतिबद्धतासँग जोडेर लिइन्छ।

बीमा यात्राका सुरुवाती दिनहरू भने उनका लागि सहज थिएनन्। बीमाप्रतिको जनचेतना कम भएको समयदेखि महिला अभिकर्ताका रूपमा काम गर्दा सामाजिक पूर्वाग्रह, ग्राहकसँग भेटघाटका चुनौती, यहाँसम्म कि रकम संकलनका क्रममा लुटपाटको पीडा समेत उनले भोगिन्। तर ती सबै अवरोध पार गर्दै उनले पेशाप्रतिको इमान्दारिता र निरन्तर मेहनतलाई कहिल्यै छाडिनन्।

https://aarthikvoice.com/archives/83012

उनले जोखिमका बीच पनि बीमितहरूको हितलाई पहिलो प्राथमिकतामा राखिन्। लुटपाटमा रकम गुमाएपछि समेत आफ्नै स्रोतबाट ग्राहकको दायित्व पूरा गरेको प्रसंग आज पनि धेरैका लागि प्रेरणा बनेको छ।

महिलाहरूले आत्मविश्वासका साथ लक्ष्य तय गरेर अघि बढे जुनसुकै क्षेत्रमा पनि उत्कृष्टता हासिल गर्न सक्ने उनको विश्वास छ। प्रभा ज्ञवालीको पछिल्लो उपलब्धिले नेपाली बीमा क्षेत्रमा क्रियाशील अभिकर्ताहरूका लागि थप ऊर्जा र प्रेरणा दिएको छ।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?