National life

एलआईसी नेपालको बीमाशुल्क १० अर्ब नाघ्यो, नाफामा उल्लेखनीय सुधार

max lubricant tata
Aarthik voice
Aarthik voice
७ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
1.7kShares
एलआईसी नेपालको बीमाशुल्क १० अर्ब नाघ्यो, नाफामा उल्लेखनीय सुधार
ncell

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल)ले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले कम्पनीको नाफा, बीमाशुल्क संकलन र जीवन बीमा कोषमा सकारात्मक वृद्धि देखाएको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २२ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिसम्म कम्पनीले १४ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस आधारमा समीक्षा अवधिमा कम्पनीको नाफा ५८.३६ प्रतिशतले बढेको देखिन्छ।

इक्विटी संरचनातर्फ समीक्षा अवधिसम्म कम्पनीको शेयर प्रिमियममा ४९ करोड ८० लाख रुपैयाँ कायम रहेको छ। महाविपत्ति कोषमा ७५ करोड ५४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा २ अर्ब ४९ करोड ४२ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ३४ करोड ४८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियम ४९ करोड ८० लाख रुपैयाँ, महाविपत्ति कोष ७३ करोड २९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ३ अर्ब ४५ करोड २२ लाख रुपैयाँ र अन्य इक्विटी ३९ करोड ४१ लाख रुपैयाँ रहेको थियो। यसले केही शीर्षकमा वृद्धि र केहीमा समायोजन देखिएको छ।

जीवन बीमा कोषतर्फ कम्पनीले उल्लेखनीय विस्तार गरेको छ। चालु वर्षको पुस मसान्तसम्म जीवन बीमा कोषको आकार १ खर्ब ३९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कोष १ खर्ब २७ अर्ब २७ करोड रुपैयाँ रहेको थियो। यस आधारमा जीवन बीमा कोष ९.९० प्रतिशतले बढेको छ।

बीमाशुल्क संकलनतर्फ पनि कम्पनीले वृद्धि कायम राखेको छ। समीक्षा अवधिसम्म कम्पनीले १० अर्ब २२ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा ९ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ संकलन गरेको थियो। कुल बीमाशुल्क ८.१३ प्रतिशतले बढेको हो। त्यसैगरी, खुद बीमाशुल्क पनि बढेर १० अर्ब १८ करोड २ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो रकम ९ अर्ब ४० करोड ५१ लाख रुपैयाँ थियो। यसरी खुद बीमाशुल्क ८.२४ प्रतिशतले वृद्धि भएको देखिन्छ।

५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८.१७ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो वर्षको ५.३८ रुपैयाँभन्दा उल्लेखनीय रूपमा बढी हो। कम्पनीको पीई रेसियो १०४.५१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४.४१ रुपैयाँ कायम भएको छ।

यो समाचार शेयर गर्नुहोस्
1.7kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?