National life
cg eloctronics

रिलायबल नेपाल लाइफको ४६ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ दिन अगाडि|०८ मंसिर २०८३, मङ्गलबार
1.3kShares
रिलायबल नेपाल लाइफको ४६ लाख ७७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
muktinatha bikash bank

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक सेयरधनी ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ४६ लाख ७७ हजार १२० कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।

बैंकले उक्त सेयर प्रतिकित्ता न्यूनतम २५० रुपैयाँका दरले बिक्री गर्न कम्पनीसमक्ष निवेदन दिएको हो।

कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरूलाई प्राथमिकता दिँदै सेयर खरिदका लागि आवेदन आह्वान गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रचलित कानुनी व्यवस्थाअनुसार संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले ३५ दिने सूचना प्रकाशित गरेको हो।

कम्पनीका अनुसार इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको सेयर संख्या र रकम खुलाएर आवेदन दिनुपर्नेछ।

तोकिएको ३५ दिनभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि आवेदन नपरेमा वा सबै सेयर बिक्री हुन नसकेमा बाँकी सेयर प्रचलित कानुनी व्यवस्थाअनुसार अन्य योग्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले जनाएको छ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?