National life

रिलायबल नेपाल लाइफको नाफा बढ्यो, बीमाशुल्क आर्जनमा २५ प्रतिशतभन्दा बढी वृद्धि

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२९ साउन २०८३, शुक्रबार
1KShares
रिलायबल नेपाल लाइफको नाफा बढ्यो, बीमाशुल्क आर्जनमा २५ प्रतिशतभन्दा बढी वृद्धि
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले नाफासँगै बीमाशुल्क आर्जन र जीवन बीमा कोषमा समेत वृद्धि गरेको छ।

समीक्षा अवधिमा कम्पनीले ५८ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको ५७ करोड १ लाख रुपैयाँको तुलनामा सामान्य वृद्धि हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नाफामा भएको सुधारसँगै कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ २१ पैसा पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १० रुपैयाँ ९७ पैसा थियो।

कम्पनीको व्यवसाय विस्तारमा भने उल्लेख्य सुधार देखिएको छ। गत आर्थिक वर्षमा कम्पनीले ६ अर्ब ३१ करोड ८६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको ५ अर्ब ३ करोड २४ लाख रुपैयाँको तुलनामा यो करिब २५ प्रतिशतले बढी हो।

त्यस्तै, लगानी, कर्जा तथा अन्य स्रोतबाट प्राप्त आम्दानी ३.१२ प्रतिशतले बढेर १ अर्ब ४७ करोड १७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ थियो।

कम्पनीको कुल आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कुल आम्दानी ७ अर्ब ८४ करोड ३३ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ६ अर्ब २१ करोड ९८ लाख रुपैयाँभन्दा बढी हो।

यस्तै, कम्पनीको जीवन बीमा कोष १३ अर्ब ५७ करोड ५७ लाख रुपैयाँबाट बढेर १७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। बीमा कोषमा भएको यो वृद्धि कम्पनीको व्यवसाय विस्तारसँगै दीर्घकालीन वित्तीय आधार बलियो बन्दै गएको संकेत हो।

कम्पनीको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ६२ पैसा रहेको छ। रिलायबल नेपाल लाइफको चुक्ता पूँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ रहेको छ।

त्यस्तै, कम्पनीको महाविपत्ति कोष २८ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष ८१ करोड ३४ लाख रुपैयाँ कायम रहेको वित्तीय विवरणमा उल्लेख छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?