National life

रिलायबल नेपाल लाइफको नाफामा २९.६५ % ले वृद्धि, अधिकांश सूचकमा मार्यो फड्को

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|३० कात्तिक २०८२, आइतबार
621Shares
रिलायबल नेपाल लाइफको नाफामा २९.६५ % ले वृद्धि, अधिकांश सूचकमा मार्यो फड्को
ncell

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २५ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।जुन गत आवको यसै अवधिको भन्दा २९.६५ प्रतिशतले बढी हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गत आवमा कम्पनीले १९ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीले लगानी तथा ब्याज आम्दानीबाट ३४ करोड ३५४ लाख रुपैयाँ आम्दानी गरेको छ । साथै, कम्पनीको बीमा दावी भुक्तानी एक अर्ब १० करोड ८५ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको कुल खर्च ७ प्रतिशतले घटेर एक अर्ब ६७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २७.४८ प्रतिशतले बृद्धि भएर १ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता कमिशनमा ९ प्रतिशतले बृद्धि भएको छ । अभिकर्ताहरुले बढाएको व्यवसायको आधारमा कम्पनीको उक्त कमिशन बृद्धि भएको छ । कम्पनीले अभिकर्ता कमिशनमा १३ करोड ७१ लाख रुपैयाँ वितरण गरेको छ ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोष १३.९२ प्रतिशतले बृद्धि भएर १९ अर्ब ७९ करोड १० लाख रुपैयाँ जम्मा भएको छ ।

५ अर्ब १९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी १९ रुपैयाँ र नेटवर्थ पर शेयर १५४ रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?