National life
cg eloctronics

सर्वोच्चले दिएन अन्तरिम आदेशलाई निरन्तरता, हिमालयन लाइफको सीईओ नियुक्ति प्रक्रिया अघि बढ्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
७ दिन अगाडि|०४ मंसिर २०८३, शुक्रबार
4.3kShares
सर्वोच्चले दिएन अन्तरिम आदेशलाई निरन्तरता, हिमालयन लाइफको सीईओ नियुक्ति प्रक्रिया अघि बढ्ने
muktinatha bikash bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया रोक्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले यसअघि जारी अन्तरिम आदेशलाई निरन्तरता नदिने निर्णय गरेको छ । यससँगै कम्पनीको नयाँ सीईओ नियुक्ति प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

हिमालयन लाइफका निलम्बित पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) कपिलकुमार दाहालले आफ्नो कार्यकाल बाँकी रहँदै नयाँ सीईओ नियुक्तिका लागि खुलाइएको विज्ञापन तथा नियुक्ति प्रक्रिया बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले नेपाल बीमा प्राधिकरण र कम्पनीलाई विपक्षी बनाउँदै आफ्नो पद निरन्तरताको दाबी गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

दाहाल २०८२ कात्तिक १३ गते चार वर्षका लागि हिमालयन लाइफको सीईओ नियुक्त भएका थिए । तर, धितोपत्रसम्बन्धी ऐन, २०६३ उल्लंघनको कसुरमा २०८३ जेठमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएपछि उनी स्वतः निलम्बनमा परेका थिए । अदालतको आदेशअनुसार उनी साउन २२ गते धरौटीमा रिहा भई तारेखमा रहेका थिए ।

everest bank

दाहाल निलम्बनमा रहेकै अवस्थामा कम्पनी र नेपाल बीमा प्राधिकरणले नयाँ सीईओ नियुक्तिका लागि दरखास्त आह्वान गरेपछि उनले आफ्नो कार्यकाल र निलम्बनको कानुनी हैसियतमाथि प्रश्न उठाएका थिए । सोही आधारमा उनले नयाँ नियुक्ति प्रक्रिया तत्काल रोक्न र विज्ञापन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।

दाहालको रिटमाथि सुनुवाइ गर्दै २०८३ भदौमा सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले नयाँ सीईओ नियुक्ति प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले विषयमा गम्भीर कानुनी प्रश्न निरूपण हुन बाँकी रहेको भन्दै नेपाल बीमा प्राधिकरणलगायत विपक्षीका नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको थियो ।

तर, आज भएको सुनुवाइपछि सर्वोच्च अदालतले यसअघि जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नरहेको निर्णय गरेको हो । यससँगै नयाँ सीईओ नियुक्तिका लागि खोलिएको आवेदन तथा छनोट प्रक्रिया अघि बढाउन कम्पनीलाई बाटो खुलेको छ ।

यो समाचार शेयर गर्नुहोस्
4.3kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?