National life
cg eloctronics

 हिमालयन लाइफको खुद बीमाशुल्क आर्जन ४.३० %ले बढ्यो,जीवन बीमा कोषमा ८२ अर्ब ८९ करोड

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२९ माघ २०८२, बिहिबार
2.6kShares
 हिमालयन लाइफको खुद बीमाशुल्क आर्जन ४.३० %ले बढ्यो,जीवन बीमा कोषमा ८२ अर्ब ८९ करोड
muktinatha bikash bank

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म कम्पनीले ८ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो यही अवधिसम्म कम्पनीले ८ अर्ब २६ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमायस अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४.३१ प्रतिशतले बढेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कम्पनीले चालु वर्षको पुससम्म ८ अर्ब ४० करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन ४.३० प्रतिशतले बढेको छ।

everest bank

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कम्पनीले २० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को पुससम्म कम्पनीले ३७ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ४५.०६ प्रतिशतले घटेको छ।

यस अवधिसम्म कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ११ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ९४ करोड ७६ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ७७ करोड ६५ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म महाविपत्ति कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७० करोड २९ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटी पनि १४ करोड ४३ लाख रुपैयाँले ऋणात्मक थियो।

समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ८२ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म जीवन बीमा कोषमा ७० अर्ब ४० करोड २१ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा यस अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार १७.७५ प्रतिशतले बढेको छ।

शेयरपुँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ४.५२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११।४१ रुपैयाँ थियो। पीई रेसियो ८०.६९ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०६.९१ रुपैयाँ रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.6kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?