National life

नेशनल लाइफले बीमा सचेतनाका लागि गरेकाे साइकल र्‍याली भव्यताका साथ सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२२ साउन २०८०, सोमबार
505Shares
नेशनल लाइफले बीमा सचेतनाका लागि गरेकाे साइकल र्‍याली भव्यताका साथ सम्पन्न
ncell

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले पोखरामा बीमा सचेतना प्रवद्र्धन प्रयोजनका लागि साईकल र्‍यालीको आयोजना गरेको छ ।

बीमा सचेतनाका लागि आयोजना गरिएको साईकल र्‍यालीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री सहित नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश का प्रदेश प्रमुख केशव प्रसाद दाहल, प्राधिकरणका अन्य कर्मचारी लगायत कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख तथा मार्केटिङ कर्मचारीहरु गरी करिब १०० जनाको सहभागिता थियो ।

पोखराको बाराहीघाट बाट शुरु भएको र्‍यालीले हल्लन चोक, जीरो किलोमिटर, सभागृहचोक, चिप्लेढुंगा, बिरौटा, राष्ट्रबैंक चोक हुँदै करिब १० कि.मि.को यात्रा पुरा गर्दै पुनः बाराहीघाटमा र्‍यालीको समापन गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त साईकल र्‍यालीबाट बीमा सचेतना प्रवद्र्धन हुनेछ भन्ने कम्पनीले आपेक्षा लिएको छ । कम्पनीले देशको सुगम तथा दुर्गम ठाउँमा आफ्नो सेवा विस्तार गरी बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
505SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?