National life

सानिमा रिलायन्स लाइफबाट छ जनाको टोली सिंगापुरमा हुने एमडिआरटी सम्मेलनमा भाग लिँदै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
427Shares
सानिमा रिलायन्स लाइफबाट छ जनाको टोली सिंगापुरमा हुने एमडिआरटी सम्मेलनमा भाग लिँदै
ncell

काठमाडौं । सानिमा रिलायन्स लाइफबाट छ जनाको टोली सिंगापुरमा हुने एमडिआरटी सम्मेलनमा भाग लिँदैछ । आगामी आइतबारदेखि सिंगापुरमा सुरु हुने बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी सम्मेलनमा भाग लिन सानिमा रिलायन्स लाइफका आधा दर्जन उत्कृष्ट बीमा अभिकर्ताहरुलाई आज विदाई गरिएको हाे ।

कम्पनीका अनुसार यसअघि टिओटी बिजेता भई अमेरिका पुगेर एमडिआरटीको टिओटी बैठकमा सहभागी भइसकेकी नमिता न्यौपाने, पोखराका श्याम गुरुङ, चितवनकी भावना तिम्सिना, पोखरामा व्यवसाय गर्दै आएकी हिमालदेवी गुरुङ, काठमाडौंबाट व्यवसाय गर्ने सिता भट्टराई, र कल्पना बस्नेतलाई कम्पनीले राष्ट्रिय झण्डासहित विदाई गरेको हो ।

कम्पनीका सिईओ शिवनाथ पाण्डेले एमआडिआरटी सम्मेलनमा सिंगापुरमा भाग लिन जाने छ जना बीमा अभिकर्तालाई सफलताको शुभकामना सहित विदाई गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीमा उत्कृष्ट व्यवसाय गरी जीवन बीमाको बजारिकरण अझै गुणस्तरीय बनाउन र व्यक्तित्व विकास र क्षमता अभिबृद्धिका लागि उनीहरु एमडिआरटीमा भाग लिन जान लागेका हुन् ।

सिंगापुरमा आयोजना हुने एमडिआरटी सम्मेलनमा भाग लिन उनीहरु गत वर्ष सन् २०२२ मा तोकिएको लक्ष्य पूरा गरी एमडिआरटीका लागि छनौट भएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
427SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?