National life

साबिकको गुँरास लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, कुन योजनामा कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२४ असोज २०८०, बुधबार
437Shares
साबिकको गुँरास लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, कुन योजनामा कति ?
ncell

काठमाडौं । साविकको गुरासँ लाइफ इन्स्योरेन्सले बोनसदर घोषणा गरेकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८।७९ को बोनसदर घोषणा गरेको हाे ।

कम्पनीकाे आर्थिक वर्ष २०७८।०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको २०८० असोज २१ गतेको पत्र मार्फत स्वीकृत भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि कम्पनीले उक्त बोनसदर कायम हुने गरी घोषणा गरेको हो ।

सावधिक बीमालेखमा न्युनतम ३८ हजार रुपैयाँदेखि ७६ हजार रुपैयाँसम्म बोनश घोषणा गरेको छ । यसका साथै, कम्पनीले सावधिक तथा आजीवन बीमा योजनामा न्युनतम ४० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म बोनस घोषणा गरेको छ ।

त्यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्युनतम ३६ हजार रुपैयाँदेखि ४८ हजार रुपैयाँ, वार्षिक नगद फिर्ता बीमा योजनामा न्युनतम ३४ हजार रुपैयाँदेखि ४३ हजार रुपैयाँ र गुरासँ सुरक्षित भविष्य जीवन बीमा योजनाजमा न्युनतम २० हजार रुपैयाँदेखि ३७ हजार रुपैयाँसम्म बोनश घोषणा गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
437SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?