काठमाडौँ। सुनसरीको कोशी गाउँपालिका वडा नम्बर–८ भिमनगरबाट नक्कली नोटसहित २ जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका वडा नम्बर १ मा बस्ने २५ वर्षीय राजेश चमार रजक र सोही गाउँपालिकाको वडा नम्बर २ मा बस्ने २५ वर्षीय राजेश कुमार रजक रहेका छन्।
नेपाली ३८ हजार रुपैयाँ नक्कली नोटसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय भाम्टावारिबाट खटिएको प्रहरीको टोलीले १९ गते रातिको समयमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट १ हजार दरको ३८ वटा नक्कली नोट बरामद भएको छ।
उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।


































