National life
cg eloctronics

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण शुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२५ वैशाख २०८२, बिहिबार
544Shares
नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को दशौं संस्करण शुरु
ncell

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ को यो दशौं संस्करण आजबाट काठमाडौंको भुकृटीमण्डपमा शुरु भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयर व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) को सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना एवं ललितपुर उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग महासंघको सहआयोजनामा आजबाट शुरु भएको मेला वैशाख २९ गतेसम्म चल्ने छ ।

मेलाको उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले सरकारले निजी क्षेत्रले भने अनुसार नीतिगत सुधारको लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै नेपाली उद्योगी व्यवसायीहरुलाई उत्पादन र उत्पादकत्व बृद्धि गरि निर्यात प्रवर्द्धनमा लाग्न आग्रह गर्नु भयो ।उहाँले नेपालको अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उहाँले सरकारले पनि औद्योगिक विकास, स्वदेशी उत्पादनको बजारीकरण र निर्यात प्रवर्द्धनका लागि विभिन्न नीतिगत सुधार र सहजीकरणका प्रयासहरू गरिरहेको बताउनु भयो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

“हामीले रुग्ण उद्योगहरूको पुनरुत्थान, नयाँ औद्योगिक सम्भावनाहरूको पहिचान र लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेका छौं । यो मेलाले यस्ता अवसरहरूको खोजी र सहकार्यका लागि उपयुक्त मञ्च प्रदान गर्नेछ भन्ने मेरो विश्वास छ । ” मन्त्री भण्डारीले भन्नु भयो।

उहाँले हालै संसदमा पेश भएको नीति तथा कार्यक्रमममा औद्योगिक विकास तथा निजी क्षेत्र प्रवर्द्धनलाई प्राथकितामा राखिएको बताउँदै देशको आर्थिक विकासमा सरकार निजी क्षेत्रको साथमा रहेको बताउनुु भयो ।मन्त्री भण्डारीले मेलाले नेपाली वस्तुको गुणस्तर र मौलिकतालाई विश्व बजारमा स्थापित गर्न र स्वदेशी उत्पादनको ब्रान्डिङ गर्न मेलाले सहयोग पुर्याउने बताउँदै नेपाली व्यवसायीलाई आफ्नो प्रतिष्पर्धात्क क्षमता बढाउन आग्रह गर्नुभयो । ।

सोही अवसरमा बोल्दै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन, र मुलुकको आर्थिक विकासमा मेलाले महत्वपूर्ण योगदान पुरयाउने बताउनु भयो । मुलुकको अर्थतन्त्र अझै पनि जटिल मोडमा रहेको र बजारमा माग बढ्न नसकेको अवस्थामा आफुहरुले मेला आयोजना गरेर बजारमा सकारात्मक सन्देश दिन खाजेको उहाँको धारणा थियो । “मेलाले स्वदेशी तथा विदेशी उद्योगी व्यवसायीहरूबीच व्यापारिक सम्बन्ध विस्तार गर्न, लगानी आकर्षित गर्न, र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने हाम्रो अपेक्षा छ । ”वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भन्नु भयो ।

नेपालमा अन्तरराष्ट्रिय स्तरको व्यापार मेला आयोजना गर्न उपयुक्त मेला स्थलको अभाव एउटा प्रमुख चुनौतीको रूपमा रहेको उल्लेख गर्दै उहाँले व्यवस्थित मेला तथा प्रदर्शनी स्थल निर्माण गर्नु पर्नेमा जोड दिनुभयो । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणाले नेपाली वस्तु निर्यात गर्न क्षमता बढाउनु पर्ने बताउनु भयो । नेपाल, चीन र बंगदादेशका गरि १२० बढि स्टल रहेको मेलामा विभिन्न देशका व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट र छलफलले द्विपक्षीय व्यापार र लगानीका अवसरहरूका बारेमा पनि छलफल हुने महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका सभापति उमेश डालमियाले जानकारी दिनुभयो ।

महासंघले यो मेलालाई वार्षिक क्यालेन्डरको हिस्साको रूपमा लिएर १० औं संस्करणसम्म आइपुगेको छ । अबका दिनमा यसलाई थप परिस्कृत र परिमाजृन गरि अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्रान्डिङ गर्नु पर्ने बताउनु भयो । मेलामा डिजिटल पेमेन्ट पाटनर आइएमइपे, अफिसियल इन्स्योरेन्स,आइजीआइ प्रुडेन्सियल इन्स्योरेन्स, इन्टरनेट पाटनर भायनेट र सपाटर्सका रुपमा रहेका हेरिटज कार्पेट, साल्ट ट्रेडिङ कर्पोरेशन लि। ,चाइना एक्जिविशन एण्ड फोरम कम्पनी लि, गार्मेन्ट एशोसिएयन नेपाल एक्जिविशन लाइट हाउस, इन्ट्रोडक्सन टे«ड सोज नेपाल प्रा.लि. रहेको र मेलामा निशुल्क प्रवेशको वयवस्था गरिएको महासंघका केन्द्रीय सदस्य तथा मेला समितिका उपसभापति सविन श्रेष्ठले जानकारी दिनुभयो ।

nic asia capital

मेलामा नेपाल स्थिति थाइल्याण्ड र इजरायल,युएइका राजदूत अन्तर्राष्ट्रिय श्रम संगठन ९आइएलओ० का देशिय निर्देशक तथा अमेरिका,रुस, पाकिस्तान, बंगलादेशका राजदुतावासका आर्थिक मामिला प्रमुखहरुको समेत सहभागिता रहको थियो।

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?