काठमाडौं । नेपाली बजारमा आजफेरि सुनचाँदीको मूल्य घटेको छ ।
यस साता नेपाली बजारमा सुनचाँदीको मूल्यमा अस्थिरता आएको छ । सुनचाँदी व्यवसायी महासंघको अनुसार हिजो प्रतितोला १ लाख १८ हजार ६ सयमा कारोबार भएको थियो ।
आज सुन आज प्रतितोला १ लाख १८ हजार ४ सयमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार आज तेजावी सुन प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मुल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ ।

































