National life

पुल निर्माणसँगै मेलम्ची बजार पुनः सञ्चालन हुने आशा

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
589Shares
पुल निर्माणसँगै मेलम्ची बजार पुनः सञ्चालन हुने आशा
ncell

मेलम्ची । मेलम्ची र चौतारा जोड्ने आधुनिक प्रविधिको मोटरेबल पुल अबको १० देखि १५ दिनभित्र निर्माण पूरा हुने भएको छ । यो पुल निर्माणसँगै मेलम्ची बजार पुनः सञ्चालन हुने आशा स्थानीयबासीमा पलाएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीमा म्याटियर प्यानल ब्रिज निर्माणको काम तोकिएको समयावधि अगावै निर्माण पूरा हुने देखिएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले एमपीबी ब्रिज अर्थात् पुल निर्माणको कार्य अबको दशदेखि १५ दिनभित्र पूरा हुने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रमुख तामाङले भने, “दुई वर्षअघि २०७८ असार १ गते र त्यसयता निरन्तर आएको बाढी पहिरोका कारण मेलम्ची र चौतारा जोड्ने मोटरेबल पुल बगाएको थियो । यससँगै अरु पक्की पुल पनि बगायो । यस विषयमा सरकारको सम्बन्धित निकायमा समय–समयमा पुल निर्माणका लागि हामीले ध्यानाकर्षण गरायौं । प्रतिनिधिसभाका सांसद एवम् अहिलेका स्वास्थ्यमन्त्री, प्रदेश सांसद र मेलम्ची नगरको पहलमा यो पुल बन्दैछ । यो लगभग दश, १५ दिनभित्रै सम्पन्न हुन्छ ।”

नेपाली सेना इन्जिनियरिङ युनिटअन्तर्गत रहेको अड्डा नं। १४ ले करिब दश दिनदेखि उक्त पुल निर्माण कार्य अघि बढाएको हो । सेनानी चिरञ्जीवी चौलागाइँले मन्त्रिपरिषद्को निर्णय एवम् प्रधान सेनानीको निर्देशन बमोजिम पुल निर्माणको कार्य तोकिएको समय अवधिभन्दा अगाडि नै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढेको बताए।

सेनानी चिरञ्जीवी चौलागाइँले भने, “सम्भवतः वर्षाको कारणले केही बाधा पुगेन भने यसलाई हप्ता, दश दिनको बीचमा पूरा गरेर स्थानीय जनप्रतिनिधि र जनतालाई हस्तान्तरण गर्ने मनसायले काम गरिरहेका छौं ।”

सुरुको पहिलो हप्ता पुल कसरी बलियो बनाउन सकिन्छ भन्ने संरचना एवम् यसको संरक्षणमा ध्यान दिइएको उनको भनाई रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
589SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?