National life
cg eloctronics

च्याङ्ग्राको व्यापारमा बित्छ दसैँ, फोनमै साटिन्छ परिवारको खुसी

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२६ असोज २०८३, सोमबार
362Shares
च्याङ्ग्राको व्यापारमा बित्छ दसैँ, फोनमै साटिन्छ परिवारको खुसी
ncell

बझाङ -घरमा आमा छिन्। परिवार छ। आफन्त छन्। दशैंमा टीका र जमरा लगाउने, तिहारमा दाजुभाइ तथा दिदीबहिनीसँग खुसी साट्ने रहर पनि छ। तर बझाङको साइपाल गाउँपालिकाका घुरनबहादुर बोहराका लागि चाडपर्व घर फर्किने समय होइन, व्यापारका लागि घर छाड्ने समय हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

घुरन भेडाच्याङ्ग्राको बथान लिएर पोखरा र काठमाडौँ पुग्छन्। सहरका भान्सामा हिमालका भेडाच्याङ्ग्राको मासु पाकिरहँदा आफ्नै घरमा आमाको हातबाट टीका थाप्न र परिवारसँगै बसेर दशैं मनाउनबाट वञ्चित हुनुपर्छ।

घुरनसहितका व्यापारीको श्रमले सहरको चाडलाई स्वाद दिन्छ, तर त्यही व्यापारले आफ्नै चाडको खुसी खोसिदिन्छ। साइपाल गाउँपालिका-१ धलौनका घुरनबहादुरले दशैंमा आमाको हातबाट टीका नथापेको १५ वर्षभन्दा बढी भइसक्यो।

भेडाच्याङ्ग्राको व्यापार उनीका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत हो। त्यसैले चाडपर्वमा घर फर्किने रहर भएर पनि व्यापारको जिम्मेवारीले बजारतर्फ डोहोर्याउँछ। आमाको आशीर्वाद फोनबाटै लिनुपर्छ।

सन्तानलाई शुभकामना पनि फोनबाटै दिनुपर्छ। ‘घरको एक्लो छोरो, त्यो पनि घर नहुँदा आमालाई दसैँ आएजस्तो नै लाग्दैन। परिवारको मुख्य व्यक्ति नहुँदा चाडपर्व टाढिएकै जाती’, घुरनले भने।

साइपाल गाउँपालिका-२ धलौनका उज्ज्वल बोहराको अनुभव पनि उस्तै छ। उनले पनि डेढ दशकदेखि दसैँ–तिहार परिवारसँग बसेर मनाउन पाएका छैनन्। दसैँ बाटोमै बित्छ, तिहार सहरकै व्यस्ततामा सकिन्छ। ‘वर्षभरिको आम्दानी हुने चाडवाडको बेला दसैँ सम्झेर घरमै बस्न सकिँदैन। परिवारलाई सम्झनुपर्छ र बाटो लाग्नुपर्छ’, उज्ज्वलले भने।

nic asia capital

घुरन, उज्ज्वल, राजेन्द्र, सुरेन्द्रजस्ता व्यापारी तथा सहयोगी साइपालमा सय जनाभन्दा बढी छन्। साइपालबाट भेडाच्याङ्ग्रा लिएर पोखरा र काठमाडौँ जानेको सङ्ख्या डेढ सयभन्दा बढी हुन्छ। ट्रक चालकहरू बजार पुगेको भोलिपल्टै फर्किए पनि भेडा च्याङ्ग्राका साहु र सहयोगीलाई बिक्री गर्न समय लाग्छ। उनीहरूको दसैँ–तिहार बाटोमै सकिन्छ।

‘बीचमा कसैले टीका लगाइदिएमा कानमा जमरा सिउरिएर पर्व मनाएको अनुभूति गर्न पाइन्छ’, साइपाल-१ का रमेश धामीले भने, ‘नत्र निधारमा टीका र कानमा जमरा नलगाई चाड बित्छ। परिवारसँगको भेटघाट र सामूहिक खुसी व्यापारको व्यस्तताले टाढा पुर्याउँछ।’

साइपालबाट व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा पोखरा पठाउन थालिएको २०६८ सालदेखि हो। त्यसअघि साइपालका युवा मुगु, हुम्ला र जुम्लाका व्यापारीसँग सहयोगीका रूपमा पोखरा जाने गर्थे। स्थानीय भेडाच्याङ्ग्रा खरिद गर्न आउने व्यापारीले पशुको हेरचाह र ढुवानीमा सहयोग गर्ने मानिस खोज्थे।

घुरनबहादुरले पनि २०६४ सालमा सहयोगीका रूपमा पोखरा पुगेर यो व्यवसायको अनुभव बटुलेका थिए। ‘म सुरुमा २०६४ सालमा सहयोगीको रूपमा पोखरा पुगेको थिएँ’, उनले भने, ‘मुगु, हुम्ला, जुम्लाका व्यापारी हाम्रै भेडाच्याङ्ग्रा किन्न आउँथे। भेडासँगै सहयोगी पनि खोज्थे। उनीहरूसँग आफ्नै भेडाच्याङ्ग्राका सहयोगी भएर गन्तव्यमा पुग्थ्यौँ। साहुले काम गरेको पैसा दिन्थे र फर्किन्थ्यौँ।’

सहयोगीका रूपमा काम गर्दा पशु खरिद, ढुवानी र बिक्रीको अनुभव हासिल गरेको उनले बताए। ‘सहयोगीका रूपमा चार वर्षको अनुभवपछि आफैँले टिम बनाएर व्यावसायिक रूपमा भेडाच्याङ्ग्रा निर्यातमा लागेँ,’ उनले भने, ‘सुरुको वर्ष कर्णालीका विभिन्न जिल्ला हुँदै पोखरा भेडा हिँडाएर पुर्यायौँ। त्यो बेलामा बेच्दै हिँड्दै गर्यौँ। ठ्याक्कै एक महिना लागेको थियो।’

पहिले पशु हिँडाएरै लामो दूरी पार गर्नुपर्ने अवस्था थियो। अहिले भने ट्रकमा ढुवानी गरिने उनले बताए।

उच्च हिमाली क्षेत्रमा जडीबुटी र प्राकृतिक घाँस खाएर हुर्किएका भेडाच्याङ्ग्राको मासुको स्वाद पोखरामा विस्तारै लोकप्रिय हुँदै गएको व्यापारीको अनुभव छ। सोही ठाउँका व्यापारी राजेन्द्रबहादुर धामीले भने, ‘पोखराबाट सुरु भएको बजार काठमाडौँसम्म फैलिएको छ। ग्राहक बढेसँगै कतिपयले व्यापारी पुग्न ढिला भए पनि प्रतीक्षा गर्ने गरेका छन्।’

यसले हिमाली क्षेत्रका पशुपालक र व्यापारीका लागि नयाँ बजारको सम्भावना खोलेको छ। गाउँमा पालिएका पशु स्थानीय बजारमा मात्र सीमित नरही टाढाका उपभोक्तासम्म पुग्न थालेका छन्।

उपभोक्ताको हातमा नपुगुन्जेल दुःखैदुःख

बझाङबाट पोखरा भेडाच्याङ्ग्रा पुर्याउन सामान्य अवस्थामा पाँच दिन लाग्छ। कतिपय अवस्थामा एक सातासम्म बाटोमै बित्छ। पशुलाई दिनभर गाडीमा राखेर लैजान सकिँदैन। बिहानदेखि दिनभर नजिकका वन तथा चरन क्षेत्रमा चराउनुपर्छ। साँझ भएपछि मात्र गाडीमा लोड गरेर यात्रा अघि बढाइन्छ। धेरै सङ्ख्यामा ल्याउँदा पनि चुनौती हुने गरेको धामीले बताए।

धामीका अनुसार यस वर्षमात्रै साइपाल गाउँपालिकाबाट ३८ ट्रक भेडाच्याङ्ग्रा पोखरा र काठमाडौँका लागि पठाइएको छ। गत वर्ष यस्तो सङ्ख्या २८ ट्रक थियो। जिल्लाभरबाट भने करिब ६० ट्रकबराबर भेडाच्याङ्ग्रा पोखरा निर्यात हुने गरेको उनले बताए।

एउटा ट्रकमा औसतमा ६५ वटा भेडाच्याङ्ग्रा अटाउने व्यापारीको विवरण छ। यस हिसाबले साइपालबाट यस वर्ष पठाइएका ३८ ट्रकमा औसत क्षमताअनुसार करिब दुई हजार ४७० वटा भेडाच्याङ्ग्रा ढुवानी भए।

गाउँपालिकाले भेडाच्याङ्ग्रा निर्यातबापत प्रतिगोटा रु १०० का दरले राजस्व संकलन गर्ने गरेको छ। साइपाल गाउँपालिकाका नायब प्राविधिक सहायक सुमन सिंहले भने, ‘पालिकाको कार्यपालिकाको निर्णयअनुसार राजस्वबापत प्रतिगोटा १०० का दरले संकलन गरेका छौँ।’ यसले स्थानीय तहमा व्यापार राजस्वको स्रोत देखिने उनले बताए।

उनका अनुसार बझाङको सुर्मा, छविसपाथिभेरा, बुङ्गल नगरपालिका, मस्टा, साइपाल र तलकोट गाउँपालिकाले पनि यसरी नै राजस्व सङ्कलन गर्ने गरेका छन्। सङ्ख्या एकिनपछि पालिकाको सिफारिससहित आवश्यक कागजात तयार पारेर भेडाच्याङ्ग्रा निर्यात गर्ने गरेको उनले जनाए।

एउटा पशुमा पाँच हजारसम्म अतिरिक्त खर्च

साइपाल गाउँपालिकाका पूर्वअध्यक्ष राजेन्द्र धामीका अनुसार एउटा भेडाच्याङ्ग्राको यात्रामा रु पाँच हजारसम्म अतिरिक्त खर्च हुन्छ। गाउँमा एउटा भेडाच्याङ्ग्रा खरिद गर्न रु २५ हजारदेखि रु ३० हजारसम्म लगानी गर्नुपर्ने उनले बताए। खरिदपछि ढुवानी, चरिचरन, खाना, जनशक्ति र बाटोका अन्य खर्च थपिन्छन्।

‘२५-३० हजारसम्ममा भेडाच्याङ्ग्रा खरिद गर्नुपर्छ’, धामीले भने, ‘तर बजारमा कहिलेकाहीँ राम्रो मूल्य नपाउँदा निकै घाटा व्यहोर्नुपर्ने हुन्छ।’

धेरै पशु एकैपटक खरिद गर्ने व्यापारीले ठूलो रकम लगानी गर्नुपर्छ। बजारसम्म पुग्दा थप खर्च भइसकेको हुन्छ। तर बिक्री मूल्य सुनिश्चित हुँदैन। अपेक्षित मूल्य नपाएमा लगानी उठाउन कठिन हुने गरेको धामीले बताए।

व्यापारको अर्को जोखिम उपभोक्ताको धारणा पनि हो। धामीका अनुसार अघिल्लो वर्ष बझाङबाट लगिएका च्याङ्ग्रा वास्तविक नभएको भन्ने अफवाह फैलिएपछि बजार प्रभावित भएको थियो। अन्ततः व्यापारीले लिलामी गरेजस्तै गरी बेचेर फर्किनुपरेको उनले सुनाए।

लामो दूरीको यात्रा गर्दा व्यापारीले आर्थिक जोखिममात्रै उठाउँदैनन्, सामाजिक र व्यावहारिक कठिनाइ पनि भोग्छन्। पशुलाई बाटोमा चराउन स्थानीयसँग अनुमति लिनुपर्छ। कतिपय ठाउँमा चरन प्रयोग गरेबापत रकम तिर्नुपर्छ। तर पैसा तिरेपछि पनि व्यवहार सहज हुँदैन।

‘चराउन नपाए भेडा च्याङ्ग्रा बाटोमै मर्छन्। कतै बिरामी हुन्छन्। त्यस्तो अवस्थामा सबै नोक्सान हुन्छ। बाटोमा चरिचरन गर्दा स्थानीयबाट अपमान सहनुपर्छ, गाली सहनुपर्छ’, धामीले भने।

बाटोमा सुरक्षाले पनि निकै दुःख दिने गरेको उनीहरूको बुझाइ छ। सबै प्रक्रिया पुर्याउँदा पनि बाटोमा सुरक्षा निकायले अनेक झमेला गर्छन्। घुरनले भने, ‘हामी जिल्लाबाट बाहिर जाँदा सबै कागजात तयार गरेर मात्रै जान्छौँ। तर, बीचमा सुरक्षा निकायले कतै कागजात नपुगेको, लाइसेन्स वा बिलबुकसम्बन्धी कतै न कतै खोट देखाएर झमेलामा अल्झाउँछन्।’

स्वास्थ्य परीक्षणपश्चात निर्यात

ठूलो सङ्ख्यामा भेडाच्याङ्ग्रा एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा पशुको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ। लामो दूरीको ढुवानी र विभिन्न स्थानमा पशुको जमघट हुँदा सङ्क्रमण तथा रोग फैलिन सक्ने जोखिम हुने भन्दै परीक्षण गरेरमात्रै निर्यात गर्ने गरिएको छ।

पशु चिकित्सक डा रवि थारूका अनुसार जिल्लाबाट भेडाच्याङ्ग्रा पठाउँदा परीक्षण गरेर पठाउने गरिएको छ।

‘यति ठूलो मात्रामा पठाउँदा बिनापरीक्षण पठाएमा कुनै सङ्क्रमण वा रोग फैलन सक्छ’, थारूले भने, ‘त्यसैले पशुको परीक्षण, प्राथमिक उपचारका लागि औषधि, व्यवसायीसँग आवश्यक कागजात सबै पूरा गरेपछि मात्रै पठाउँछौँ।’

स्वास्थ्य परीक्षणले सम्भावित रोगको जोखिम कम गर्न र उपभोक्तासम्म स्वस्थ पशु पुर्याउन सहयोग गर्ने उनले बताए।

यो समाचार शेयर गर्नुहोस्
362SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?