National life

फरक–फरक नम्बर प्लेट राखेर तस्करी गरिरहेको अवस्थामा ६४ बोरा चिनीसहित मिनीट्रक नियन्त्रणमा

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
547Shares
फरक–फरक नम्बर प्लेट राखेर तस्करी गरिरहेको अवस्थामा ६४ बोरा चिनीसहित मिनीट्रक नियन्त्रणमा
ncell

कपिलवस्तु । कपिलवस्तुमा एउटै ट्रकमा फरक–फरक नम्बर प्लेट राखेर तस्करी गर्दै गरेको अवस्थामा मिनीट्रक प्रहरीले नियन्त्रणमा लिएकाे छ । कपिलवस्तु प्रहरीले भारतबाट अवैध रूपमा भित्र्याइएको चिनीसहित उक्त मिनीट्रकलाई नियन्त्रणमा लिएको हाे ।

भारतबाट अवैध रूपमा भित्र्याइएको चिनी छिमेकी जिल्ला अर्घाखाँची लैजाने क्रममा एउटै गाडीको दुईवटा नम्बर प्लेट राखी तस्करी गरेको अवस्थामा चिनी बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहोराका अनुसार तौलिहवा–गोरुसिंगे सडकअन्तर्गत बुद्धभूमि नगरपालिका– १० रामघाट पुलनजिकै प्रहरीले ६४ बोरा चिनी बोकेको मिनीट्रक पक्राउ गरेको हाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रहरीले जाँच गर्ने क्रममा अगाडि रातो नम्बर प्लेटको लु.१क ५४५२ र पछाडि कालो नम्बर प्लेटको लु.२ख ५४८६ नम्बरको मिनीट्रकमा ६४ बाेरा चिनीसहित बरामद गरिएको बोहोराले बताइन्।

प्रहरीले मिनीट्रकका चालकसमेत नियन्त्रणमा लिइ अनुसन्धान कार्य पूरा गरी सुठौली भन्सार कार्यालय पठाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?