काठमाडौँ । बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा बुढानीलकण्ठस्थित इस्कोन आश्रमसँग सम्बन्धित सुरजकृष्ण श्रेष्ठलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई बालबालिकासम्बन्धी कसुरमा नियन्त्रणमा लिएको जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सुरजकृष्ण श्रेष्ठलाई बालबालिकासम्बन्धी कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
आश्रमभित्र बालबालिकामाथि मानसिक तथा शारीरिक दुर्व्यवहार भएको आरोपपछि पीडित पक्ष र अन्य जानकारहरूले सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक गरेका थिए।
प्रहरीका अनुसार प्राप्त जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो। श्रेष्ठ आश्रमसँग सम्बन्धित भए पनि उनको आधिकारिक जिम्मेवारीबारे थप विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।


































