National life

नेप्सेमा दोहोरो अंकको गिरावट, ५४ कम्पनीको शेयर मुल्य बढ्दा १६५ कम्पनीको घट्याे

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२८ असार २०८०, बिहिबार
570Shares
नेप्सेमा दोहोरो अंकको गिरावट, ५४ कम्पनीको शेयर मुल्य बढ्दा १६५ कम्पनीको घट्याे
ncell

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १२.६२ अंकले घटेर २,०८४.९३ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज ५४ कम्पनीको शेयर मुल्य बढेको छ भने १६५ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २९६ वटा कम्पनीको ९३ लाख ८२ हजार ४४० कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३९ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोल्टी होटलको १७ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीबार शेयर बजार घटेतापनि दुुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज एनएमबि बैंक डिभेन्चर २०८५ र एसबिएल डिभेन्चर २०३४ को शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, एनआईबिएल समृद्धि फण्ड, सिटिजन्स म्युचुअल फण्ड लगायत अन्य कम्पनीहरुको शेयरमूल्य बढेको छ ।

आज पिपल्स् पावर कम्पनीको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । कम्पनीको शेयरमूल्य ६.५ प्रतिशतले घटेर ३१८ रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज हिमालयन पावर, बुद्धभुमी नेपाल हाइड्रोपावर, मनकामना स्मार्ट लघुवित्त लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
570SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?