National life

साताको पहिलो दिन नेप्सेमा गिरावट, २ अर्ब ३२ करोडको कारोबार हुँदा १६६ कम्पनीको मुल्य घट्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
503Shares
साताको पहिलो दिन नेप्सेमा गिरावट, २ अर्ब ३२ करोडको कारोबार हुँदा १६६ कम्पनीको मुल्य घट्याे
ncell

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १९.४२ अंकले घटेर २,०१० दशमलव ३५ को विन्दुमा कायम भएको छ ।

आज ६२ कम्पनीको शेयर मुल्य बढेको छ भने १६६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २८५ कम्पनीको ९० लाख ३ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३२ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको शेयर कारोबार भएको छ । यस बैंकको १३ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, सन नेपाल लाइफको ९ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ९ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै स्वरोजगार लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त र एशियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । थ्रि स्टार हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.७३ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, नेष्डो समृद्ध लघुवित्त, नेशनल लघुवित्त, जाल्पा लघुवित्त, स्वरोजगार लघुवित्त सहित ५४ कम्पनीको शेयरमूल्य बढेको छ ।

आज सबैभन्दा धेरै शुभम पावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

त्यस्तै, नबिल ब्यालेन्स्ड फण्ड, मायाखोला हाइड्रोपावर, न्यादी हाइड्रोपावर, पिपल्स हाइड्रोपावर सहित कुल १६६ कम्पनीको शेयरमूल्य घटेको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
503SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?