काठमाडौं । सेयर बजारमा गिरावटको क्रम बिहीबार पनि जारी रहेको छ । नेप्से परिसूचक १६.२९ अंकले घट्दै २ हजार ६७२.५८ विन्दुमा सीमित भएको छ ।
आज बजारमा ७५ लाख ४८ हजार कित्ता सेयर किनबेच हुँदा कुल ३ अर्ब ३८ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएका कम्पनीमध्ये ५९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २०६ वटा कम्पनीको मूल्य घटेको छ । त्यस्तै, ११ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएन ।
बिहीबार एभरेष्ट कलरको सेयर मूल्य सबैभन्दा बढी १५ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी सेन्ट्रल फाइनान्सको २.८८ प्रतिशत, शुभम् पावरको २.१५ प्रतिशत, तारागाउँ रिजेन्सी होटलको २.०१ प्रतिशत र एनएमबी हाइब्रिड फण्डको १.७७ प्रतिशतले वृद्धि भएको छ ।































