National life

सामान्य अंकले उकालो लाग्यो नेप्से, यी कम्पनीको सेयरमा उच्च वृद्धि

सेयर बजारमा सामान्य हरियाली, यी कम्पनीको मूल्यमा उछाल

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|०४ भदौ २०८३, बिहिबार
2.5kShares
सामान्य अंकले उकालो लाग्यो नेप्से, यी कम्पनीको सेयरमा उच्च वृद्धि
ncell

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ७.१७ अंकले वृद्धि भएर २ हजार ६२९.४० विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज बजारमा ९५ लाख कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ४ अर्ब ४० करोड १४ लाख रुपैयाँ पुगेको छ।

कारोबार भएका कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको मूल्य घटेको छ। यस्तै, १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

आज माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्स को सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, एनआईसी एसिया सेलेक्ट फन्डको ६.६३ प्रतिशत, माण्डु हाइड्रोपावरको ४.८७ प्रतिशत र सानिमा मिडल तमोरको सेयर मूल्य ४.८५ प्रतिशतले वृद्धि भएको छ।

समग्रमा बजार सामान्य अंकले उकालो लागे पनि कारोबार रकम भने ४ अर्ब रुपैयाँभन्दा माथि रहेको छ।

यो समाचार शेयर गर्नुहोस्
2.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?