काठमाडौँ । साताको सुरुवातमै सेयर बजारमा दोहोरो अंकले नेप्से सूचक घटेको छ। आज नेप्से परिसूचक ३०.६० अंकले ओरालो लाग्दै २५७०.१८ विन्दुमा सीमित भएको छ।
कारोबार रकम भने उल्लेख्य देखिएको छ। दिनभरिमा ४ करोड १७ लाख २५ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँ पुगेको छ।
आज बजारमा अधिकांश कम्पनीको मूल्य घटेको छ। २२ कम्पनीको सेयर मूल्य बढ्दा २४९ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ।
बढ्ने कम्पनीतर्फ सामुदायिक लघुवित्त, सिटिजन्स बैंक डिबेन्चर, आत्मनिर्भर लघुवित्त, प्रभु बैंक डिबेन्चर र नबिल डिबेन्चर अगाडि देखिएका छन्।
कारोबारका आधारमा एनएमबी डिबेन्चर अग्रस्थानमा रहँदै ४८ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। त्यसपछि एनआईसी एसिया डिबेन्चर, एभरेष्ट बैंक डिबेन्चर, सानिमा बैंक डिबेन्चर लगायतका वित्तीय उपकरणमा पनि उल्लेख्य कारोबार भएको देखिएको छ।
बजारमा गिरावट आउँदा पनि डिबेन्चरमा उच्च कारोबार देखिनुले लगानीकर्ताको ध्यान सुरक्षित उपकरणतर्फ केन्द्रित हुँदै गएको संकेत गरेको छ।

































