काठमाडौं। सेयर बजारमा गिरावटको क्रम अझै रोकिएको छैन। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक ४.०५ अंकले घट्दै २६५०.०९ विन्दुमा झरेको छ।
आज कुल १ करोड २ लाख ९९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ३ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। बजारमा आज पनि घट्ने कम्पनीको संख्या धेरै देखिएको छ। ८४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८५ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनी स्थिर रहेका छन्।
यस दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ८.५४ प्रतिशतले बढेको छ। त्यस्तै, एचएलआई लार्ज क्याप फण्ड ५.१८ प्रतिशत, एनआईसी एसिया ब्यालेन्स फण्ड ५.१६ प्रतिशत, सोलु हाइड्रोपावर ४.२१ प्रतिशत र एनआईसी एसिया सेलेक्ट फण्ड ३.९७ प्रतिशतले उकालो लागेको छ।
समग्रमा बजारमा बिक्री दबाब कायम रहँदा सूचकमा निरन्तर गिरावट देखिएको हो।































