National life

अनुभवी चिकित्सकहरु नर्भिक भित्रिने क्रम बढ्यो, थप तीन आए

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०३ भदौ २०८०, आइतबार
705Shares
अनुभवी चिकित्सकहरु नर्भिक भित्रिने क्रम बढ्यो, थप तीन आए
ncell

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा थप तीन अनुभवी विशेषज्ञ चिकित्सक भित्रिएका छन्।

एक न्युरोलोजिस्ट, एक न्युरो सर्जन र अर्का एक कार्डियोलोजिस्ट गरी थप तीन अनुभवी विशेषज्ञ चिकित्सकलाई नर्भिकले भित्र्याएको हो। नर्भिकमा पछिल्लो समय विभिन्न अनुभवी विशेषज्ञ चिकित्सकहरु भित्रिने क्रम बढिरहेको छ।

सो क्रममा पछिल्लो समय कन्सलट्यान्ट न्युरोलोजिस्ट डा.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
निरञ्जन आचार्य, कन्सलट्यान्ट न्युरोसर्जन डा. पवनबहादुर भण्डारी र कन्सलट्यान्ट कार्डियोलोजिस्ट डा. पराग कार्की भित्रिएका अस्पतालले जनाएको छ।

डा. आचार्यले नर्भिकमा प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ९ बजेसम्म ओपीडी सेवा सञ्चालन गर्नेछन्।

यस्तै, डा. कार्कीको प्रत्येक साताको आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः३० बजेदेखि ८ः४५ सम्म नर्भिकमा ओपिडी हुनेछ भने डा. भण्डारी आइतबारदेखि शुक्रबारसम्म बिहान ७ः४५ देखि ८ः४५ बजेसम्म नर्भिकको ओपिडीमा उपलब्ध हुनेछन्।

थप तीन चिकित्सकको आगमनले नर्भिकको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको अभियानमा सहयोग पुग्ने अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले बताए।

 

यो समाचार शेयर गर्नुहोस्
705SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?