National life

जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिंगर भेटियो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
695Shares
जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा अजिंगर भेटियो
ncell

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा आज दिउँसो अजिंगर भेटिएको छ । आयोजनाको चरण–१ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणस्थलमा अजिंगर भेटिएको हो ।

उक्त अजिंगरलाई आयोजनाको वन्यजस्तु संरक्षण व्यवस्थापन योजनाबमोजिम जिल्लास्थित डिभिजन वन कार्यालयसँगको समन्वयमा उद्धार गरिएको जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले राससलाई जानकारी दिए । उद्धार गरिएको अजिंगरलाई डिभिजन वन कार्यालयले सुरक्षित स्थानमा लगेर छोड्ने उनले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुई दिनअघि पनि व्यास नगरपालिका–२ अमरापुरीस्थित एउटा रुखमा अजिंगर भेटिएको थियो । उक्त अजिंगरलाई पनि वन कार्यालयले उद्धार गरेको थियो ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
695SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?