National life
cg eloctronics

विश्वकै उत्कृष्ट क्लब सूचीमा एलओडी क्लब ४०औँ स्थानमा, नेपाललाई अन्तर्राष्ट्रिय पहिचान

max lubricant tata
Aarthik voice
Aarthik voice
६ महिना अगाडि|०४ वैशाख २०८३, शुक्रबार
986Shares
विश्वकै उत्कृष्ट क्लब सूचीमा एलओडी क्लब ४०औँ स्थानमा, नेपाललाई अन्तर्राष्ट्रिय पहिचान
ncell

काठमाडौँ। काठमाडौँको ठमेलस्थित एलओडी क्लब बेलायतको प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’द्वारा सन् २०२६ का लागि सार्वजनिक गरिएको विश्वका उत्कृष्ट १०० डिजे क्लबहरूको सूचीमा ४०औँ स्थानमा उक्लिएको छ।

डिजे म्यागले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराई उत्कृष्ट सय क्लबहरूको सूची सार्वजनिक गर्दै आएको छ। यस वर्षको प्रतिस्पर्धामा विश्वभरबाट पाँच सयभन्दा बढी क्लब सहभागी भएका थिए, जसमा एलओडीले उल्लेखनीय स्थान बनाउन सफल भएको हो।

एलओडी क्लबको यो उपलब्धिलाई नेपाली मनोरञ्जन उद्योगका लागि ठूलो उपलब्धि मानिएको छ। विश्वस्तरमा प्रतिस्पर्धा गर्दै अगाडि बढ्नुले नेपालको नाइटलाइफ र संगीत संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन मद्दत पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

एलओडी क्लबका निर्देशक भुपेन कुँवरले यस उपलब्धिलाई मुलुककै गौरवको विषय भएको बताएका छन्। “एलओडीको यो पहिचान केवल क्लबको सफलतामा सीमित छैन, यसले नेपाललाई विश्व संगीत र मनोरञ्जन उद्योगमा चिनाउने अवसर पनि दिएको छ,” उनले बताए।

ठमेल क्षेत्रमा सञ्चालनमा रहेको एलओडी क्लब पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय स्तरका डिजे तथा कार्यक्रमहरू आयोजना गर्दै युवापुस्तामाझ लोकप्रिय बन्दै गएको छ।

यो समाचार शेयर गर्नुहोस्
986SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?