National life
cg eloctronics

दशैंको बिदामा पढ्नुहोस् यी ७ किताब

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०३ कात्तिक २०८३, मङ्गलबार
380Shares
दशैंको बिदामा पढ्नुहोस् यी ७ किताब
ncell

दशैंमा सरकारी तथा निजी अफिस देखि लिएर सबैको बिदा हुन्छ । काम तथा अध्ययनको सिलसिलामा बाहिर रहेकाहरु पनि दशैं अगाडि नै आ–आफ्नो घर पुग्दछन् । वर्षभरीमा सबै भन्दा धेरै बिदा यही समयमा हुने भएकाले मानिसले अनेक तरिकाले रमाइलो गर्न आनन्द लिन खोज्छन् । कसैले घुम्न रुचाउँछन् कसैले सिनेमा हेर्न । कसैले भने पढ्न रुचाउँछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यसैले दशैंको यो बिदामा पढ्नका लागि यी किताबहरू उपयुक्त हुन सक्छन् ।

१.थिंक एन्ड गोरो रिच

‘थिंक एन्ड गोरो रिच’ महामन्दीको समयमा लेखिएको पुस्तक हो । यो पुस्तक हालसम्म विश्वभर १० करोडप्रति भन्दा बढी बिक्री भइसकेको छ । लेखक नेपोलियन हिलले आफ्नो जीवनकालमा धनी व्यक्तिहरूसँगको सहकार्यमा आधारित भएर बृहत् अनुसन्धान गरेका थिए । आन्द्रे कार्निजको सुझावमा हिलले आफ्नो अवलोकन, अनुसन्धानका आधारमा प्राप्त निष्कर्षहरू प्रस्तुत गरेका छन् । उनले सफल र व्यक्तिगत उपलब्धिका लागि १३ सिद्धान्त यसमा प्रकाशित गरेका छन् ।

२.इजोरिया

सुविन भट्टराइको इजोरिया उपन्यासमा बहु आयामिक कथा रहेको छ । उक्त पुस्तक सामाजिक सञ्जालदेखि बजारमा अझै पनि चर्चामा रहेको छ । परिवारका सदस्यबिच देखिएको प्रेम, घृणा र द्धन्द्धलाई लेखक भट्टराइले कथामा उतारेका छन् ।यस अघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराइले यसपटक भने कथा टिप्न मधेश पुगेका छन् । इजोरिया मैथिली शब्द हो । ।यसको अर्थ जुनेली हो ।

३. रिच ड्याड पोर ड्याड

युवा लगानीकर्ताले पढ्नुपर्ने एक बहुचर्चित पुस्तक हो ‘रिच ड्याड पोर ड्याड’ । यस पुस्तकमा गरिब र मध्यमवर्गीयले पैसाका लागि मात्रै काम गर्ने तर धनीले सिक्नका लागि काम गर्ने धारणा लेखक रोबर्ट कियोसाकीले व्यक्त गरेका छन् ।

४. शिरीषको फुल

पारिजातको रचना हो शिरीषको फूल, जसलाई नेपाली साहित्यको इतिहासमा कोसेढुंगा मानिन्छ । ५२ वर्षअघि पहिलोपल्ट प्रकाशित यसले मदन पुरस्कार जितेको थियो । त्यस बेलाको पुरुषप्रधान नेपाली समाजमा सुकन्याको विद्रोही रूपलाई पारिजातले कलात्मक रूपमा यसमा उतारेकी छिन् । ‘द ब्लु मिमोसा’ का रूपमा निकालिएको अंग्रेजी संस्करण अमेरिकाको मेरिल्यान्ड विश्वविद्यालयको कोर्समा पनि छ । नेपाली साहित्य फलो गर्दा पढ्नैपर्ने कृति हो यो ।

५. द इन्टेलिजेन्ट इन्भेष्टर

शेयर बजारका बादशाह भनेर चिनिने वारेन बफेटले समेत पढ्न जोड दिएको बेन्जमिन ग्राहमद्वारा लिखित यो पुस्तकको नाम हो, ‘द इन्टेलिजेन्ट इन्भेष्टर’ । बफेटले सन् १९५० मा ‘फादर अफ भ्यालु इन्भेष्टिङ्ग’ यो पुस्तकको पहिलो संस्करण पढेका थिए। बेन्जामिन ग्राहमलाई भ्यालू इन्भेस्टिङका पिता मानिँदै आएको छ । जस अनुसार आफ्नो वास्तविक मूल्य भन्दा कम दाममा कारोबार भइरहेका सेयरहरू आधारभूत विश्लेषणको माध्यमबाट पहिचान गरी खरिद गर्नुपर्दछ भन्नेमा उनको जोड छ ।

६. समय बिम्ब

झमक घिमिरेको समय बिम्ब पढ्नका लागि निकै उत्तम छ । यसै पनि झमक नेपालकी एक शसक्त लेखक हुन्। उनको डायरीमा द्वन्दकालिन अबस्थामा उनलाई परेको दवाब, उनको पीडादायी दैनिकी, देशमा घटेका घटना र विद्यमान सामाजिक कुरीतीहरु माथि उनको विचार तथा झमकको बारेमा आजसम्म धेरैले नजानेको पहलुहरु छन्। काँडा नै काँडा बिच उनले आत्मविश्वास र सकारात्मक सोचहरुको माध्यबाट कसरी जीवनलाई फूल बनाउदी न भन्ने नजिकबाट बुझ्न यो डायरीले मदत गर्दछ

७.खुसी

बिजय कुमार पाण्डे को खुसी आत्मकथा लेख्न कोशिस गरेको धेरै वर्षसम्म पनि के लेख्ने र कसरी लेख्ने भन्ने दोधारमा बसेका चर्चित पत्रकार बिजय कुमार अनन्त आफ्नै आत्मकथा हो । बजारमा आएका आत्मकथाका नाममा आएका आत्मप्रशंसा भन्दा अलग यो उनको इमान्दारितापुर्बक लेखिएको आत्मकथा हो। उनको जीवनका उतारचढाव, राम्रा–नराम्रा पक्षहरुलाई धेरै हदसम्म खुलेर लेखिएको यो आत्मकथा एक पढ्न लायक किताब हो।

यो समाचार शेयर गर्नुहोस्
380SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?