National life
cg eloctronics

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२९ असोज २०८३, बिहिबार
551Shares
आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह
ncell

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ। पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण उक्त सम्भावना बनेको हो ।

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपात हुने सम्भावना छ।

त्यसैगरी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। वर्षाको सम्भावना रहेकाले कृषि कार्यमा संलग्न सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई मौसमसम्बन्धी सूचना र पूर्वानुमानबारे नियमित जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?