National life

शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दनले पाए आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अवार्ड

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
576Shares
शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दनले पाए आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अवार्ड
ncell

काठमाडौं । शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारुले इन्टरनेसनल अचिवर्स कन्फ्रेन्स (आइएसी) को आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अचिवर्स अवार्ड(२०२३ पाएका छन् । लामो समयदेखि निरन्तर व्यवसायिक क्षेत्रमा सक्रिय उनी कम्पनी व्यवस्थापनमा नेतृत्वका लागि कुशल र संस्था संचालनमा अब्बल मानिन्छन् ।

आइएसीले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरमा अवार्ड कार्यक्रम गर्दै आएको छ । यो वर्ष दुबईमा १६औं अवार्ड कार्यक्रम भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कार्यक्रममा राष्ट्रियस्तरका नेता, सेलिब्रेटी एम्बास्डर, विभिन्न राष्ट्रका उच्च पदाधिकारी लगायत २०० जना भन्दा बढीको सहभागिता थियो।

आइएसीले हरेक वर्ष आयोजना गर्ने यस अवार्ड कार्यक्रममा विभिन्न राष्ट्रिका विभिन्न विधामा आफ्नो राष्ट्रियस्तरका व्यापारिक क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उद्योगहरुको छनोट गरी उद्योगको समग्र क्षेत्रको मूल्यांकन, व्यवस्थापन तथा राष्ट्रियस्तरमा पुर्‍याएको उत्कृष्ट योगदान आधार छनोट गरी अवार्ड दिने गर्दछ ।

 

यो समाचार शेयर गर्नुहोस्
576SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?