National life

सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२६ असार २०८०, मङ्गलबार
460Shares
सडक व्यापारीसँग अभद्र व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
ncell

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सडक व्यापारीलाई अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारवाही गरेको छ । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार ७ जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको छ । ५ जना महानगर प्रहरीलाई निलम्बन गरिएको छ ।

उनले यसअघि ती कर्मचारीलाई विभागीय कारवाही गरेको तर जनस्तरबाट फेरि अमानवीय व्यवहारको गुनासो आएपछि पदबाट हटाइएको जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘हामीले केही दिन पहिले १२ जना नगर प्रहरीलाई अमानवीय व्यवहार गरेको भन्दै विभागीय कारबाही गरेका थियौ। तर महानगर प्रहरीबाट पटक पटक अमानवीय व्यवहार भएको जनस्तरदेखि नै गुनासो आए पछि हामीले फेरी कारबाही गरेका हौ’ उनले भने।

केही समययता महानगर प्रहरीले सडक व्यापारीलाई अमानवीय व्यवहार गर्दै आएका थिए । सामाजिक सञ्जालमा व्यापारीको सामान लुट्ने, घरभित्रैबाट ठेला थुत्ने र सडकमा लछारपछारसमेत गर्ने गरेको भिडि‌ओ सार्वजनिक भएका थिए ।

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरण सम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
460SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?