National life
cg eloctronics

दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०३ असार २०८३, बुधबार
4KShares
दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश
ncell

काठमाडौँ । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा आरोपित दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले थुनछेक बहस सम्पन्न भएपछि दुवै प्रतिवादीलाई न्यायिक हिरासतमा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने आदेश दिएको हो ।

अदालतले प्रारम्भिक सुनुवाइका क्रममा प्रस्तुत प्रमाण, अभियोजन पक्षको दाबी र प्रतिवादीतर्फबाट प्रस्तुत जिकिरको अध्ययनपछि पुर्पक्षका लागि थुनामा राख्ने निर्णय गरेको जनाएको छ ।

यसअघि प्रहरी टोलीले दिपक भट्टलाई चैत १९ गते नियन्त्रणमा लिएको थियो भने सुलभ अग्रवाल चैत २२ गते पक्राउ परेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

दुवै जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान पूरा भएपछि मुद्दा दायर गरिएको थियो । अदालतको पछिल्लो आदेशसँगै उनीहरू अब मुद्दाको अन्तिम टुंगो नलागेसम्म न्यायिक हिरासतमा रहनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
4kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?