National life
cg eloctronics

एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता

max lubricant tata
Aarthik voice
Aarthik voice
११ घण्टा अगाडि|३० असोज २०८३, शुक्रबार
750Shares
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
ncell

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले औपचारिक मान्यता दिएको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सन् २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुने एनपीएलको तेस्रो संस्करणलाई आईसीसीबाट औपचारिक मान्यता पाएको जानकारी दिएको हो ।

उक्त मान्यताले नेपाली क्रिकेटको विकास, विस्तार तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको घरेलु क्रिकेट प्रतियोगिताको पहिचान थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास क्यानले व्यक्त गरेको छ ।

क्यानले यस महत्त्वपूर्ण मान्यताका लागि आईसीसीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ । साथै, नेपाली क्रिकेटको विकास र एनपीएललाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न आईसीसीको निरन्तर सहयोग, समर्थन र सहकार्यको अपेक्षा गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
750SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?