National life

बाढीले क्षति पुर्‍याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|३१ असार २०८३, बुधबार
825Shares
बाढीले क्षति पुर्‍याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
ncell

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण बन्द भएको छ।

आयोजनाको बाँध (इन्टेक)मा बाढी पसेर क्षति पुगेपछि यही असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ।

आयोजनाका प्रमुख दार्शनिक काफ्लेका अनुसार बाँधसम्म पुग्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ। बाढीले बाँधमा क्षति पुर्‍याएकाे छ भने विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक नोक्सानी पनि व्यहोर्नुपरेको छ।

Royal Enfield
nic asia capital

गत वर्ष निर्माणसम्पन्न भएको यस आयोजनाको विद्युत् दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

यो समाचार शेयर गर्नुहोस्
825SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?