National life

सम्पत्ति शुद्धीकरणको मुद्दामा गुरुप्रसाद न्यौपानेलाई १ वर्ष कैद, ४ करोड जरिवाना

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०३ वैशाख २०८१, सोमबार
551Shares
सम्पत्ति शुद्धीकरणको मुद्दामा गुरुप्रसाद न्यौपानेलाई १ वर्ष कैद, ४ करोड जरिवाना
ncell

काठमाडौं । विशेष अदालतले रिडी हाइड्रोका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद तथा ३ करोड ९८ लाख जरिवानाको फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीशहरु रामबहादुर थापा तथा मुरारीबाबु श्रेष्ठको इजलासले उक्त फैसला गरेको हो ।

अध्यक्ष भएको वेला रिडी हाइड्रोपावरमा भित्री कारोबार गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण विभागले गत कात्तिक २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

गत चैत ७ गते नै उनी दोषी ठहर भइसके पनि अदालतले आइतबार सजाय निर्धारण गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सेयरको भित्री कारोबारलाई सम्पत्ति शुद्धीकरणको कसूरमा मुद्दा दायर गरिएएको यो पहिलो पटक हो ।

यो समाचार शेयर गर्नुहोस्
551SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?