National life

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२१ असोज २०८०, आइतबार
544Shares
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाबीच सम्झौता
ncell

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नीलकण्ठ नगरपालिकाबीच नगरवासीको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा इन्स्योरेन्सका मुख्य प्रबन्धक शिव प्रसाद लामिछाने र नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात नीलकण्ठ नगरपालिकामा रहेका सम्पूर्णले आफ्नो पशुपन्छी तथा वालिनालीको बीमा ढुक्कसँग आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडबाट गर्नसक्ने छन् । नगरबासीको भौतिक सम्पत्ति, कृषकहरुको बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने प्रतिवद्धता सहित धादिङ जिल्लामा नै नमूना नगरपालिकाको रुपमा रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सोही अवसरमा प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले आफूले आफ्ना नगरवासी कृषक दाजुभाई तथा दिदी बहिनीहरुको पशुपन्छी, बालिनालीको बीमा पश्चात कुनै कृषक दाजुभाई तथा दिदी बहिनीको बीमा गरिएको कुनै पनि सम्पत्तिको हानी नोक्सानी भएमा सो को क्षतिपूर्ति तुरुन्त प्राप्त गर्न नगरपालिकाले इन्स्योरेन्सँग सम्झौता गरी व्यवस्था मिलाएको हुनाले कृषकहरुले आफ्नो सम्पत्तीको बीमा गरी ढुक्क भएर पशुपन्छी पालन लयागत कृषि उपजमा व्यक्तिगत र व्यावसायिक रुपमा लगानी गरी उत्पादन बढाउन अनुरोध गरे ।

साथै, यस कार्यमा नगरपालिकाले अभिभावकको रुपमा रहेर नगरवासीहरुलाई सेवा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । इन्स्योरेन्स र नीलकण्ठ नगरपालिकाले आफ्ना नगरवासी लगायत नगरभित्र रहेका कृषकहरुको सामूहिक हित हुने गरी कम्पनीसँग बीमा गर्ने अवसर प्रदान गरेकोमा नगरवासीहरुलाई उच्च कोटीको बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?