National life

आन्दोलनरत संसद् सचिवालय कर्मचारीको माग सम्बोधन गर्न समिति गठन, को-को छन् समितिमा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ असार २०८१, आइतबार
498Shares
आन्दोलनरत संसद् सचिवालय कर्मचारीको माग सम्बोधन गर्न समिति गठन, को-को छन् समितिमा ?
ncell

काठमाडौँ । आन्दोलनमा रहेका संसद् सचिवालय कर्मचारीको माग सम्बोधनका लागि सहजिकरण गर्न कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको नेतृत्वमा समिति गठन गरिएको छ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री र प्रमुख दलका नेताहरूको बैठकले मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा अर्थ मन्त्रालयका सचिव र सङ्घीय संसद्का महासचिव सदस्य रहेका छन्। अतिरिक्त समय काम गरेको पारिश्रमिक नपाएको भन्दै सङ्घीय संसद्का कर्मचारीहरूले आन्दोलन गर्दै आएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रधानमन्त्री पुष्पकमल दाहालसमेतको उपस्थितिमा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी सहभागी थिए।

यो समाचार शेयर गर्नुहोस्
498SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?