National life

आर्थिक-सामाजिक रूपान्तरण गर्नका लागि युवाको भूमिका विशेष छ: मन्त्री सिंह

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ साउन २०८१, आइतबार
522Shares
आर्थिक-सामाजिक रूपान्तरण गर्नका लागि युवाको भूमिका विशेष छ: मन्त्री सिंह
ncell

काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले आर्थिक- सामाजिक परिवर्तनमा युवाको विशेष भूमिका आवश्यक रहेको बताए । अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा ललितपुरमा आयोजित एक कार्यक्रमको सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ्नका लागि आग्रह गरेका छन् ।

उपप्रधानमन्त्री सिंहले भने ‘हरेक परिवर्तनमा युवाको ठुलो भूमिका हुन्छ, हामी युवा हुँदा लोकतान्त्रिक मूल्य मान्यताका लागि सङ्घर्ष गर्‍यौँ, राजनीतिक परिवर्तनका लागि काम गर्‍यौँ, अब त्यो अवस्था छैन, अहिले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएको छ । प्राप्त अधिकारको कार्यान्वयन गराउँदै देशलाई फाइदा हुने गरी सबैको आर्थिक समृद्धि गराउनतर्फ लाग्नुपर्छ,’।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उपप्रधानमन्त्री सिंहले एकताबद्ध भएर आर्थिक-सामाजिक रूपान्तरण गर्न लाग्नुपर्ने बताए । ‘युवा बेरोजगारी समस्याबाट पीडित छन्, दैनिक एक हजार सात सयदेखि दुई हजार पाँच सयको सङ्ख्यामा युवा देशबाट बाहिरिने गरेको तथ्याङ्क छ । विगतको भन्दा केही परिवर्तन भएन भन्नुभन्दा पहिला र अहिलेको अवस्था तुलना गरेर हेर्नुपर्छ, शिक्षा, स्वास्थ्य, रोजगार, यातायात, डिजिटल प्रविधिको क्षेत्रमा विकास भएको छ,’उनले भने ।

उपप्रधानमन्त्री सिंहले सत्य र असत्य कुरा छुटाउन सक्नुपर्छ भन्दै नकारात्मक मानसिकतामा आधारित रहेर लेखिएको कुरालाई पनि सबै सत्य नै हो भनेर त्यसैलाई सही हो भन्ने आधारमा हेर्न नसकिने उनले बताए । उनले राम्रो सोचबाट काम गरेर अवस्था परिवर्तन गर्न सकिने बताउँदै युवाहरू सकारात्मक परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए ।

अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा नेपाल युवा संस्था सञ्जालद्वारा १२ बुँदे माग समेटेर जारी गरिएको घोषणापत्रमा धेरै कुरालाई लक्षित गरिएको उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले माग सम्बोधन गर्न आफ्नोतर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाए ।

यो समाचार शेयर गर्नुहोस्
522SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?