काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
घिसिङले आफ्नो कार्यकालको तीन वर्ष पूरा भएको अवसरमा यो बिचमा भएको कामको प्रगति विवरण सहित अन्य विषयमा जानकारी दिनका लागि पत्रकार सम्मेलन गर्ने भएका हुन्। उनले शुक्रवार ९आज० दिउँसो १: ३० बजे पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
पत्रकार सम्मेलनमा घिसिङले डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे देखिएको विवादका साथै अन्य समसामयिक विषयमा समेत आफ्नो धारणा राख्ने तयारी रहेको प्राधिकरणको जानकारी छ ।





































