काठमाडौँ। नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल भारतको सीमामा काँडेटार लगाउनुपर्ने बताए ।
आज प्रतिनिधिसभामा बोल्दै पन्तले लगातार तराईमा मान्छे मारिएको, दिउँसै गोली हानिएका समाचार आइरहेको र यसको मुख्य कारण नै खुला सीमा भएको बताएका छन् ।
एकैचोटी पासपोर्ट सिस्टम लागू गर्न नसके पनि चरणबद्ध त्यसतर्फ जानुपर्ने उनको भनाई छ। ‘केही दिनदेखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् ।
यसको मूल कारण खुला सिमाना हो,’ उनले भने, ‘त्यसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नै पर्छ, नियन्त्रित गर्नै पर्छ ।
हामी एकैचोटी पासपोर्ट सिस्टम लागू गर्ने चरणमा नजाउँला । तर, राष्ट्रिय परिचय पत्र दिन थालिएको छ । नागरिकता पनि दिइरहेको छ । उताबाट आउँदा पनि आधार कार्ड हेर्न सकिन्छ । यसरी सुरु गरेर बिस्तारै काँडेतार लगाउँदै सीमालाई व्यवस्थित गर्नुपर्ने र अन्तत: पासपोर्ट सिस्टममा जानुपर्ने उनले बताए ।





































