National life

चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्य योजना 'चिनियाँ लगानी प्रवर्द्धन देखि नाका खोल्नेसम्म'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ भदौ २०८१, आइतबार
516Shares
चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्य योजना 'चिनियाँ लगानी प्रवर्द्धन देखि नाका खोल्नेसम्म'
ncell

काठमाडौँ ।  विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूसँग संसदीय सुनुवाइ समितिले सुनुवाइ सुरु गरेको छ । समितिले आइतबारबाट १७ देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ सुरु गरेको हो ।

आइतबार चीनका लागि प्रस्तावित नेपाली राजदूत कृष्णप्रसाद ओली,डेनमार्कका लागि प्रस्तावित राजदूत सुम्निमा तुलाधर लगायतसँग समितिले सुनुवाइ गरेको हो । सोही क्रममा प्रस्तावित राजदूतहरूले आ–आफ्नो कार्य योजना प्रस्तुत गरेका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

चीनका लागि प्रस्तावित नेपाली राजदूत ओलीले चीन–नेपालबिच भएका सम्झौता कार्यान्वयनमा आफूले पहलकदमी लिने बताएका थिए । साथै नेपालका विभिन्न क्षेत्रहरूमा चिनियाँ लगानी प्रवर्द्धन गर्न पहल गर्ने, नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थित गर्नका लागि पनि आफूले काम गर्ने उनको भनाई छ ।

यता, १७ देशका लागि प्रस्तावित राजदूतविरुद्ध समितिमा १० वटा उजुरी परेका छन्। यसअघि समितिले शुक्रवार उजुरीकर्ताहरूसँग छलफल गरेको थियो । समितिले २२ गतेसम्म निरन्तर प्रस्तावित राजदूतको सुनुवाइ गर्ने र भदौ २४ गते र २५ गते छलफल गरी निर्णय गर्ने गरी कार्य तालिका बनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
516SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?