National life

टीआरसी विवाद: भएन सहमति सोमबार पुनः बैठक आह्वान

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ साउन २०८१, शुक्रबार
495Shares
टीआरसी विवाद: भएन सहमति सोमबार पुनः बैठक आह्वान
ncell

काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) को सहजीकरणका लागि बनाइएको कार्यदलको बैठक निष्कर्ष विहीन बनेर टुङ्गिएको छ । उक्त बैठकले सरोकारवालासँग थप छलफल गर्ने भएको हो ।

कार्यदलको सदस्य समेत रहेका जनार्दन शर्माका अनुसार सिंहदरबारमा बसेको बैठकले सरोकारवालासँग थप छलफल गरेर सोमबार बस्ने भएको छ ।

‘सैद्धान्तिक रूपले टुङ्ग्याउने सहमति भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नमिलेको विषयमा नेतृत्व समक्ष प्रतिवेदन बुझाउने गरी काम भइरहेको छ । व्यवहारिक रूपले शब्दहरू मिलाउने काम बाँकी छ । सरोकारवालासँग थप परामर्श गरेर सोमबार बस्ने गरी बैठक सकिएको छ’, बैठकपछि शर्माले भने ।

बैठकमा कार्यदल सदस्यहरू नेपाली कांग्रेसबाट गृहमन्त्री लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा छन्। यसअघि प्रमुख राजनीतिक दलहरू टीआरसी विधेयक र शान्ति प्रक्रियाका काम सहमतिमै टुङ्ग्याउन सहमत भएका थिए। ​

यो समाचार शेयर गर्नुहोस्
495SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?