National life

डा. कोइरालाको शंका 'कांग्रेसले सरकारको नेतृत्व गर्ने पालो आउँछ आउँदैन थाहा छैन'

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ साउन २०८१, आइतबार
434Shares
डा. कोइरालाको शंका 'कांग्रेसले सरकारको नेतृत्व गर्ने पालो आउँछ आउँदैन थाहा छैन'
ncell

काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस र एमालेबिच भएको सहमति कार्यान्वयनमा तलमाथि हुन नहुने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्माको नेतृत्वको सरकारलाई कुनै गल्ती गर्ने छुट नभएको बताएका छन् ।

आज बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै डा.कोइरालाले खबरदारी नगरे सरकार निरंकुश बन्न सक्ने शंका व्यक्त गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनले भने, ‘आज कांग्रेस सम्मिलित सरकार बनेको हुँदा तपाईँहरू खुसी हुनुहुन्छ । राम्रो काम गर्ला भन्ने लागेको छ । तर, भोलि के हुन्छ तपाईँ हामी सोचिरहेका छौँ । यो टिक्छ त भनेर । त्यस्तो अवस्थामा यो सरकार गइरहेको छ । यसलाई रोक्न हामीले निर्वाचन प्रणालीमा सुधार ल्याउन सक्नुपर्छ । मिश्रित प्रणालीमा गइरहने भए चुनावमा मिलेर गएको दलसँग पाँच वर्ष मिलेरै जानुपर्छ।'

हामी ठुलो दल छौँ अहिले ३२, कहिले ७७ सीटले नेतृत्व लिइराखेको छ। हामीले सकेका छैनौँ। त्यतातिर पनि ध्यान पुर्‍याउन जरुरी छ। कांग्रेसको पालोपछि आउँछ कि आउँदैन भन्ने सबैको मनमा छ।’ कोइरालाले सरकारले जनभावना विरोधी काम गरेको खण्डमा चुप बस्न नहुने बताएका हुन् ।

उनले थपे, ‘दुई ठूला दल मिलेपछि हामी गल्ती र कमजोरी गर्ने छुट छैन। हामी सरकारले गरेको गलत कामको खबरदारी गरिरहन्छौँ। दुई ठूला दल मिलेपछि निरंकुतातिर गयो भने के गर्ने रु त्यसैले सरकारलाई सचेत गराउनुपर्छ। सात बुँदे सहमति भन्नुभएको त्यो कार्यान्वयन गर्नुपर्छ।'

यो समाचार शेयर गर्नुहोस्
434SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?