काठमाडौँ । नेकपा एमालेले सागर ढकालको संयोजकत्वमा पुँजी तथा वित्त बजार संघ गठन गरेको छ । नेकपा एमालेको जनसंगठन उद्योग तथा व्यवसायी महासंघ ले आफ्नो वस्तुगत संघका रूपमा रहने गरि ढकालको संयोजकत्वमा पुँजी बजार तथा वित्त बजार संघ गठनको घोषणा गरेको हो ।
यसै गरी उक्त संघको उपाध्यक्षमा कृष्ण गिरी, महासचिवमा कुमार पौडेल र कोषाध्यक्षमा बलराम राई चयन भएका छन् । सचिवमा डिल्लीराम पंगेनी चुनिएका छन् ।
संघको सल्लाहकारमा राजकुमार तिमिल्सिना, तिलक कोइराला, राधा पोखरेल र धर्म राजसापकोटा चुनिएका छन् ।यो संघ पूँजीबजार सम्बन्धि एमालेको पहिलो र आ आधिकारिक संघ हो । संघको गठनसँगै अवका दिनमा पुँजी बजारमा देखिएका समस्या समाधानमा सशक्त रूपमा आवाज उठाउने संयोजक ढकालले बताए ।
यसगरी अहिलेको सरकारले पुँजी र वित्त बजारको समस्या समाधान गर्न कुनै पहल नगरेको भन्दै अब संस्थागत रुपमै समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता जाहेर गरे । यसै गरी महासंघका संयोजक भागिरथ सापकोटाले अवका दिनमा नव गठित ६३ लाख लगानी कर्ताको हितमा काम गर्नुपर्ने बताए। साथै यो संघ पार्टीको आधिकारिक संस्था भएकाले पुंजी वित्त बजार मैत्री नीति नियम बनाउन पार्टीको होक तह र तप्कामा पुगेर पहल गरिने जानकारी दिए ।





































